‘कांग्रेसले डेमोक्रेटिक पार्टीसँग मात्रै गठबन्धन गरेर जाँदा फाइदा हुन्छ’

नेपालभ्युज

‘कांग्रेसले डेमोक्रेटिक पार्टीसँग मात्रै गठबन्धन गरेर जाँदा फाइदा हुन्छ’

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनमा कम्युनिष्टसँग गठबन्धन गर्ने/नगर्ने भन्ने निश्चित नभएको बताएका छन्।

यस विषयमा कांग्रेस मझधारमा फसेको उनको भनाइ थियो। मोरङको सुन्दरहरैंचामा आयोजित एक कार्यक्रममा डा. कोइरालाले भने, “कम्युनिष्ट क्याडर बेस्ड र कांग्रेस मास बेस्ड पार्टी भएकाले गठबन्धन गर्न असहज छ,कांग्रेसले डेमोक्रेटिक पार्टीसँग मात्रै गठबन्धन गरेर निर्वाचनमा जाँदा फाइदा हुन्छ र कम्युनिस्टसँग गठबन्धन गरेर निर्वाचनमा गए कांग्रेसले के पाउँछ भन्ने प्रश्न तेर्सिन्छ।”

कांग्रेसले निर्वाचन जित्न आफूभित्रै गठबन्धन हुनु आवश्यक भएको बताए। भने, “पार्टीभित्रको गुट र उपगुट समाप्त गरी एकजुट भएर निर्वाचनमा गए जितका लागि त्योभन्दा ठूलो गठबन्धन केही हुँदैन।”

स्थानीय तह चुनावमा गठबन्धन गर्ने जिम्मा स्थानीय तहमै छाड्दिनुपर्ने बताएका उनले कम्युनिष्टसँग गठबन्धन गर्नुको साटो आन्तरिक गठबन्धन गर्नुपर्ने भनाइ राखे।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved