होलीमा ट्राफिक नियम उल्लंघन गर्ने मधेश प्रदेशका ४५६ चालकलाई कारबाही

नेपालभ्युज

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने मधेश प्रदेशका ४५६ चालकलाई कारबाही

जनकपुरधाम। मधेश प्रदेशका विभिन्न जिल्लामा होली पर्वका बेला ट्राफिक नियम उल्लंघन गर्ने ४५६ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ।

होली पर्वमा मादकपदार्थ सेवन गरी तथा बिनाहेलमेट ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रदेश ट्राफिक कार्यालय पथलैया बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुप्रसाद जैसवालले जानकारी दिए।

सप्तरीमा ५६, सिरहामा १५८, धनुषामा ७४, पर्सामा ९१, महोत्तरीमा ३१, सर्लाहीमा २५, रौतहटमा १४ र बारामा सात चालकलाई कारबाही गरिएको छ।

चालकलाई कारबाही गरी दुई लाख ३१ हजार राजस्व संकलन गरिएको जैसवालले बताए। यस्तै होलीको बेला मधेश प्रदेशका ८ वटै जिल्लामा ५९ सवारीसाधन दुर्घटना हुँदा दुई जनाको मृत्यु तथा ११४ जना घाइते भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved