काठमाडौं । बागमती प्रदेश समितिमा नेपाली कांग्रेसले १६ सदस्य मनोनित गरेको छ। कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँले आइतबार पार्टीको प्रदेश समितिमा १६ सदस्य मनोनित गरेको जानकारी दिए।
बागमती प्रदेश कांग्रेसका मुख्यसचिव राजु नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीको विधानको दफा १३ को ६ बमोजिम १६ जनालाई प्रदेश कार्यसमिति सदस्यमा मनोनित गरिएको हो।
नामावलीः
निमा लामा – सिन्धुपाल्चोक
कृष्णलाल भँडेल – भक्तपुर
सन्तबहादुर प्रजा – मकवानपुर
प्रभात तामाङ – रसुवा
कल्पना नेपाली – नुवाकोट
तिलकप्रसाद रुवाली – धादिङ
छिरिङ दोर्जे लामा – काठमाडौं
अर्जुन न्यौपाने – नुवाकोट
कैलाश कोइराला – चितवन
राजु खरेल – काठमाडौं
गौरी दवाडी – काठमाडौं
रमेश कुमार वखती – ललितपुर
हरिहर अधिकारी – काठमाडौं
राजेश महर्जन – ललितपुर
प्रभुराम श्रेष्ठ – दोलखा
भगवती कुमारी खड्का – काठमाडौं
Facebook Comment
Comment