पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष झापामा मनाउने

कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लागेका हुन।

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष झापामा मनाउने
त्रिसरा लाउन्जमा पूर्वराजा ज्ञानेन्द्र शाह, फोटो–त्रिसराको फेसबुक पेजबाट।

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष मनाउने भएका छन्। झापाको दमकस्थित आफ्नै स्वामित्वमा रहेको हिमालय टी हाउसमा कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ। पूर्वरानी कोमलसहित ज्ञानेन्द्र झापा जाने छन्।

कोरोना महामारीका कारण लामो समय निर्मल निवासमा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्रको परिवार लामो बसाइका लागि झापा जान लागेका हुन।

निर्मल निवास स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने ११ गते शुक्रबार दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ। झापामा केही दिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमण गर्नेसमेत कार्यक्रम रहेको स्रोतको भनाइ छ।

यसअघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगुढी पुगेका थिए। झापामा केही दिन बसाइपछि आफन्तसँग नयाँ वर्ष मनाउने कार्यक्रम रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved