भारतीय ज्वाईं बने ग्लेन म्याक्सवेल

नेपालभ्युज

भारतीय ज्वाईं बने ग्लेन म्याक्सवेल

अस्ट्रेलियाका विस्फोटक अलराउन्डर ग्लेन म्याक्सवेल भारतीय मूलकी प्रेमिका विनी रमनसँग विवाह बन्धनमा बाँधिएका छन्।

म्याक्सवेल र विनीले मार्च १८ अर्थात् होलीमा एक निजी समारोहमा विवाह गरे। दुवैले इन्स्टाग्राममा चुम्बन गरिरहेको तस्बिर सेयर गर्दै ‘मिस्टर एन्ड मिसेस म्याक्सवेल’ क्याप्सन लेखेका छन्। विनी र म्याक्सवेलले २०२० मा इन्गेजमेन्ट गरेका थिए।

विनी र म्याक्सवेल सन् २०१७ देखि एकअर्कासँग नजिक थिए। दक्षिण भारतकी विनी पेशाले फर्मासिस्ट हुन्।

विनीले एक इन्स्टाग्राममा केही समयअघि म्याक्सवेलसँगको सम्बन्धबारे खुलाएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved