कौशलटारमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु

नेपालभ्युज

कौशलटारमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु
सांकेतिक तस्वीर।

भक्तपुर। मध्यपुरथिमि-३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ।

गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि नेसनल ट्रमा सेन्टर पु¥याइए पनि मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए।

ट्र्याक्टर चालक झापा कन्काई नगरपालिका-५ घर भई ललितपुर इमाडोल बस्ने २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved