हामीलाई जनतामा जान अरुलाई गाली गर्नुपर्दैन, काम देखाए पुग्छ : केपी ओली

अहिले सत्ता गठबन्धनमा रहेका दलका नेताहरुसँग एमाले र आफूलाई गाली गर्ने मात्रै राजनीतिक एजेण्डा बाँकी रहेको भन्दै ओलीले आफूहरु गरेका काम देखाएरै चुनाव जित्न सफल हुने बताए।

नेपालभ्युज

हामीलाई जनतामा जान अरुलाई गाली गर्नुपर्दैन, काम देखाए पुग्छ : केपी ओली

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई जनतामा जानका लागि अरु पार्टी र तिनका नेतालाई गाली गर्न जरुरी नरहेको बताएका छन्।

पार्टीको सम्पर्क समन्वय कमिटीको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेलाई जनतामा जानका लागि आफूले गरेका कामहरु देखाए पुग्ने बताए। उनले एमालेले कुनै पार्टी र तिनका नेतालाई गाली गर्न जरुरी नरहेको बताए।

अहिले सत्ता गठबन्धनमा रहेका दलका नेताहरुसँग एमाले र आफूलाई गाली गर्ने मात्रै राजनीतिक एजेण्डा बाँकी रहेको भन्दै ओलीले आफूहरु गरेका काम देखाएरै चुनाव जित्न सफल हुने बताए।

ओलीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरुको कुनै राजनीतिक भविष्य नरहेको बताए। आफ्नो पार्टीको दुईतिहाइको सरकार ढालेर कांग्रेसको पक्षमा लाग्नेहरु कम्युनिष्ट नभएको उनले बताए।

माधव नेपालहरुको समूह एमालेले जिताएको पदको दुरुपयोग गरेर कांग्रेसको सरकार बनाउन लागेका भन्दै ओलीले उनीहरुसँग राजनीतिक नैतिकता नरहेको बताए। उनले प्रश्न गरे, “आफ्ना विरोधीलाई जिताउन पछाडिको ढोकाबाट गएर लुसुक्क भोट हाल्ने ?”

ओलीले एमालेबाट निर्वाचित भएर सांसद् बनेकाहरु कांग्रेसको सरकारलाई समर्थन गर्न संसद्मा जाँदा एमालेवाला पद किन नत्यागेको भन्दै प्रश्न गरे। ओलीले भने, “एमालेले लगाइदिएको बिल्ला फुकालेर जानु पर्दैन ? भित्र पस्ने बेलामा एमालेले लगाएको बिल्ला लगाएर जाने ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved