मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

नेपालभ्युज

मलेसियामा कोभिड सङ्क्रमित बढ्दै, २४ घन्टामा २७ हजार संक्रमित, ८६ को मृत्यु

एजेन्सी । मलेसियामा कोभिड १९ का सङ्क्रमितहरुको संख्या पछिल्लो समयमा बढ्दै गएको पाइएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार मलेसियामा गएको २४ घन्टा यतामात्र यहाँका कम्तीमा पनि २७ हजार ४ जना सङ्क्रमित भएका छन्।

यी समेत गरी मलेसियामा अहिलेसम्ममा ३९ लाख ७६ हजार जना सङ्क्रमित भएका छन्। त्यस्तै मलेसियाका स्वास्थ्य अधिकारीले यहाँ पछिल्लो २४ घन्टामा मात्र ८६ जना सङ्क्रमितको मृत्यु भएको छ।

यो समेत गरी यहाँ अहिलेसम्ममा कोभिडबाट मात्र ३४ हजार १८५ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्।

पछिल्ला केही हप्ताहरुमा चीन र दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या बढ्दै गएको देखिएको छ। एसियाका यी दुई देशसहित मलेसियलामा पनि सङ्क्रमितहरु बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved