पत्रकारले कुनै पनि माध्यमबाट कसैको पक्ष-विपक्षमा लेख्न नपाउने

निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ।

नेपालभ्युज

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको चुनावका क्रममा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा नलेख्न सचेत गराएको छ। आयोगले निर्वाचन प्रयोजनार्थ जारी गरेको आचारसंहितामा यसरी सचेत गराएको हो।

आयोगले आचारसंहिताको परिच्छेद ७ को दफा २२ ले सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारलाई कसैको पक्ष वा विपक्षमा लेख्न रोक लगाएको हो। दफा २२ को (च) लेखिएको छ– ‘‘पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, ट्विटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रति कमेन्ट गर्न नहुने’’।

दफा २२ को (क) ले कुनै राजनीतिक दल, नेता वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक लिन नहुने भनेको छ। यद्यपि, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा निश्चित समय र स्थान तोकेर विज्ञापन गर्न छुट दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved