कांग्रेसले लखेटे एमालेसँग चुनावी तालमेलको परिस्थिति बन्न सक्छ: प्रचण्ड

नेपालभ्युज

कांग्रेसले लखेटे एमालेसँग चुनावी तालमेलको परिस्थिति बन्न सक्छ: प्रचण्ड

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुन: नेकपा एमालेसँग तालमेल हुनसक्ने संकेत गरेका छन्। बिहीबार रूपन्देहीमा प्रेस सेन्टरले गरेको कार्यक्रममा उनले एमालेसँग सहकार्यको सम्भावना अहिलेसम्म आफूले नदेखेको पनि कांग्रेसको व्यवहारले तालमेलको परिस्थिति बन्न सक्ने बताए।

नेपाली कांग्रेसका केही नेताहरू माओवादीसँग तालमेल नगर्ने भनी अतिवादी रूपमा बोल्न थालेकाले कांग्रेसले लखेट्न थाले परिस्थिति के बन्छ भन्न नसिकने उनले बताए। ‘‘हुन त प्रधानमन्त्रीले उहाँहरूलाई अब बोल्न बन्द गर भनिसक्नुभएको छ, राजनीतिमा असम्भव भन्ने कुरा केही हुँदैन, त्यही भएर मैले भन्ने गरेको छु यो सम्भावनाको खेल पनि हो,” उनले भने, ‘‘काँग्रेसले लखेट्न नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन तर नेतृत्व मुख्यतः प्रधानमन्त्री यो गठबन्धन हर हालतमा बचाएर लैजानुपर्छ, मिलेरै जानुपर्छ भन्नेमा भएकाले मैले भनेजस्तो अवस्था आउला भन्ने मैले देखेको छैन।’’

यस्तै एमसीसी समस्या समाधानका लागि आफू र नारायणकाजी समेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकोमा उनीहरूमा देशको चिन्ता नदेखिएको आरोप उनले लगाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved