काठमाडौं उपत्यकामा छिटपुट वर्षा

नेपालभ्युज

काठमाडौं उपत्यकामा छिटपुट वर्षा

काठमाडौं। काठमाडौं उपत्यकालगायत देशका पहाडी भूभागमा आज सामान्य वर्षा भएको छ। केही दिनयता उपत्यकामा चर्को घामसँगै गर्मी शुरु भएको छ।

आज दिउँसो उपत्यकामा छिटफुट वर्षा भएको थियो भने केहीबेर बादल लागेर मौसम धुम्मिएको थियो। आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३० डिग्री सेल्सियससम्म पुगेको थियो भने ४.६ मिलिलिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै आज काठमाडौंसँगै डडेल्धुरामा पनि हल्का वर्षा भएको छ।

आज राति देशका गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षा हुने महाशाखाले जनाएको छ। अन्य भू-भागमा भने मौसम सामान्यतया सफा रहने जनाएको छ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved