देउवालाई भीम रावलको जवाफ- तपाईंको चाहिँ दिमाग खुस्केर होश हराएको हुनुपर्छ

रावलले प्रधानमन्त्री देउवाको होस हराएको हुन सक्ने अथवा जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल हुनसक्ने बताए।

नेपालभ्युज

देउवालाई भीम रावलको जवाफ- तपाईंको चाहिँ दिमाग खुस्केर होश हराएको हुनुपर्छ

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलले सार्वजनिक तथ्यको जानकारी नराखी बोल्ने प्रधानमन्त्री शेरबहादुर देउवाको होश हराएको टिप्पणी गरेका छन्।

रावलले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले एमसीसीबारे निर्णय गर्दा आफू मन्त्री नरहेको भन्दै सार्वजनिक कुराको जानकारी नराखी अरुको दिमाख खुस्केको टिप्पणी गर्ने देउवाको चाहिँ दिमाग खुस्केर होश हराएको टिप्पणी गरेका हुन्।

रावलले प्रधानमन्त्री देउवाको होश हराएको हुन सक्ने अथवा जनतामा भ्रम छरेर देशहित विरुद्धको कृत्य छोप्ने चाल हुनसक्ने बताए।

यसअघि, नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा एमसीसीको विरोध गरेको भन्दै एमाले सांसद् भीम रावलविरुद्ध आक्रोश पोखेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै एमसीसी पास गर्नुपर्छ भनेर संसद्मा पेश गरेको र त्योबेला भीम रावल रक्षामन्त्री रहेको बताउँदै उनले एमसीसीको विरोध गर्नु अनुचित भएको उनले बताएका थिए।

‘‘मैले मन्त्रिपरिषद्ले ल्याएको प्रस्ताव पास गर्दा किन टाउको दुख्ने?” आक्रोशित हुँदै उनले भने, ‘‘अहिले भीम रावल सबैभन्दा बढी एमसीसी खिलाफमा बोल्नुहुन्छ, एमसीसी संसदबाट पास गर्नुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नु भएको हो त्यसबेला अर्थमन्त्री उहाँकै पार्टीको हुनुहुन्थ्यो। भीम रावल त्यसबेला उहाँ रक्षामन्त्री हुनुहुन्थ्यो। त्यतिबेला उसको दिमाग खुस्क्याथ्यो?”

एमसीसी गलत भए भीम रावलले त्यहीबेला रक्षामन्त्रीबाट राजीनामा दिनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले अहिले आएर दुई जिब्रे कुरा गर्न नपाइने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved