राष्ट्रिय महिला क्रिकेट चैत पहिलो साता

समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती तथा समूह ‘बी’ मा मधेश, गण्डकी र प्रदेश १ रहेका छन्।

नेपालभ्युज

राष्ट्रिय महिला क्रिकेट चैत पहिलो साता
फाइल तस्वीर

काठमाडौं। यू–१९ राष्ट्रिय राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता आगामी ६ चैतदेखि सञ्चालन हुने भएको छ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुने उक्त प्रतियोगतामा सात टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

प्रतियोगितामा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती, मधेश, गण्डकी प्रदेश र प्रदेश नं १ को सहभागिता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती तथा समूह ‘बी’ मा मधेश, गण्डकी र प्रदेश १ रहेका छन्।

समूहको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ११ चैतसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन खेल सुदूरपश्चिम र कर्णालीबीच ६ चैतामा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved