युनिकोड - प्रीति
२१ असार २०८२
Nepal Views
tiktok
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य
    • जीवनशैली
  • अर्थ
    • पर्यटन
    • कर्पोरेट
    • शेयर
    • उपभोक्ता
    • कृषि
  • समाज
    • विज्ञान / प्रविधि
    • शिक्षा
    • प्रशासन
    • सुरक्षा
    • अपराध
  • देश
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
    • सम्पादकीय
    • लेख
    • अन्तर्वार्ता
    • ब्लग
  • खेलकुद
  • कला
    • रङ्गमञ्च
    • ललितकला
    • संगीत
    • साहित्य
    • सिनेमा
    • संस्कृति
  • विश्‍व-मामिला
  • अन्य
    • सरकार
    • एनआरएनए
    • धर्म संस्कृति
    • रोचक
ENGLISH
२१ असार २०८२
Nepal Views
  • गृहपृष्ठ
  • राजनीति
  • स्वास्थ्य
    • जीवनशैली
  • अर्थ
    • पर्यटन
    • कर्पोरेट
    • शेयर
    • उपभोक्ता
    • कृषि
  • समाज
    • विज्ञान / प्रविधि
    • शिक्षा
    • प्रशासन
    • सुरक्षा
    • अपराध
  • देश
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • विचार
    • सम्पादकीय
    • लेख
    • अन्तर्वार्ता
    • ब्लग
  • खेलकुद
  • कला
    • रङ्गमञ्च
    • ललितकला
    • संगीत
    • साहित्य
    • सिनेमा
    • संस्कृति
  • विश्‍व-मामिला
  • अन्य
    • सरकार
    • एनआरएनए
    • धर्म संस्कृति
    • रोचक
English

नुवाकोटमा कोरोना संक्रमितको संख्या शुन्यमा झर्‍यो

नेपालभ्युज

नुवाकोटमा कोरोना संक्रमितको संख्या शुन्यमा झर्‍यो

नुवाकोट। नुवाकोट जिल्ला आइतबारदेखि कोरोना सक्रमणमुक्त भएको छ। यसअघि सङ्क्रमित भएर उपचार गराउँदै आएका बेलकोटगढी नगरपालिका घर भएका दुई व्यक्ति आइतबार सङ्क्रमणबाट मुक्त भएसँगै जिल्ला पनि कोरोना मुक्त भएको हो।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी एवं खोप अधिकृत अमृत महर्जनले जिल्लामा यसअघि सङ्क्रमित भएका सबै निको भएको र नयाँ सङ्क्रमित थप नभएको बताए।

कोरोनाको तेस्रो लहर जिल्लामा गत पुस २५ मा भित्रिएको थियो। भाइरस देखा परेको दुई महिनापछि नियन्त्रणमा आएको हो।
जिल्लामा विसं २०७७ जेठ ११ मा ओखरपौवाका एक व्यक्तिमा भाइरसको सक्रमण देखा परेको थियो। पहिलो लहर विसं २०७७ फागुन २३ गतेदेखि सक्रमणमुक्त बनेको थियो। यसपछि विसं २०७७ चैत २४ मा दोस्रो लहर सुरु भएर गत पुस १४ सम्म कायम रहेको थियो।
यसको दश दिनपछि पुनः पुस २५ गते कोरोनाको तेस्रो लहर भित्रिएको जिल्लामा पहिचान भएको थियो। आइतबारदेखि कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयका प्रमुख (वरिष्ठ जनस्वास्थ्य प्रशासक) महेन्द्रध्वज अधिकारीले जानकारी दिए।
उनका अनुसार कोरोनाको पहिलो लहरमा एक, दोस्रो लहरमा ५१ जनाको निधन भएको थियो भने तेस्रो लहरमा मृत्युदर शून्य रह्यो।
हालसम्म जिल्लामा कोरोनाको कारण निधन हुनेको सङ्ख्या ५२ जना कायम छ। कोरोनाको पहिलो लहरमा एक हजार १४५ सङ्क्रमित पहिचान भएकोमा दोस्रो लहरमा सात हजार २४५ र तेस्रो लहरमा ९७३ थप भएका थिए। हालसम्म सङ्क्रमित हुने कूल सङ्ख्या जिल्लामा नौ हजार ३६३ पुगेपछि सङ्क्रमणमुक्त जिल्ला बनेको हो।
कोरोनाबाट बच्न जिल्लावासीलाई अन्य जिल्लामा आउजाउ गर्दा सावधानी अपनाउन, बाहिरी जिल्लाबाट आउने व्यक्तिको स्वास्थ्यमा निगरानी गर्न, यसबाट बच्न सरकारले निःशुल्क उपलब्ध गराएको रोगविरुद्धको खोप लगाउन स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले आग्रह गरे।
”रसुवा जिल्ला पनि यसअघि नै कोरोना सङ्क्रमणमुक्त जिल्ला भइसकेकाले अब नुवाकोट र रसुवा दुवै जिल्लाले सावधान अपनाइ रोगको भाइरस भित्रन नदिन सजग हुनुपर्छ।”
उनले भने, ”सङ्क्रमणमुक्त भएको समयमा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मपदण्डको पालना गर्न र रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराई सतर्कता अपनाएमा सङ्क्रमणलाई परास्त गर्न सकिन्छ।”
कोरोनालगायतका अन्य सरुवा रोगबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्डको पालनाअन्तर्गत घरबाट बाहिर सार्वजनिकस्थलमा आजजाउ गर्दा अनिवार्यरुपमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न, साबुनपानीले राम्रोसँग हातधुन तथा स्यानिटाइजरको प्रयोग गर्न स्वास्थ्य कार्यालयले स्मरण गराएको छ।
जिल्लामा कोरोना रोक्न त्रिशूली अस्पतालमा पीसीआर प्रयोगशाला, अक्सिजन उद्योग, भेन्टिलेटर, आइसियु र एचडियुसहित आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको थियो।
जिल्लाको त्रिशूली अस्पताल, खरानीटार अस्पताल र स्थानीयतहले करिब ५०० आइसोलेसन शय्यासमेत सञ्चालनमा ल्याएका थिए। त्यो अहिले पनि कायम नै राखिएको छ।
  • कोरोना

नेपालभ्युज

३० फागुन २०७८ ८:४१

Facebook Comment


Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

संवैधानिक इजालसको आदेशबारे प्रधानन्यायाधीश : मैले न्यायाधीशलाई नियन्त्रण गर्न मिल्दैन

संवैधानिक इजालसको आदेशबारे प्रधानन्यायाधीश : मैले न्यायाधीशलाई नियन्त्रण गर्न मिल्दैन

नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)

नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

ट्रम्प र पुटिनबीच वार्ता भएको केही घण्टापछि युक्रेनमा भीषण हमला

ट्रम्प र पुटिनबीच वार्ता भएको केही घण्टापछि युक्रेनमा भीषण हमला

लस एन्जलस पछि फ्लोरिडामा दुई सय मरिन परिचालन, आप्रवासन छापालाई तीव्रता

लस एन्जलस पछि फ्लोरिडामा दुई सय मरिन परिचालन, आप्रवासन छापालाई तीव्रता

आहा ! धरहरा (तस्वीरहरू)

आहा ! धरहरा (तस्वीरहरू)

लिभरपुलले जोटाको जर्सी नं २० लाई अवकाश दिने

लिभरपुलले जोटाको जर्सी नं २० लाई अवकाश दिने

तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

तालिबान सरकारलाई मान्यता दिने पहिलो देश बन्यो रुस

लोकप्रिय (यो साता)

  • १

    रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?

  • २

    छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु

  • ३

    युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण

  • ४

    बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद

  • ५

    एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?

  • ६

    वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी

  • ७

    ५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत

  • ८

    एमालेमा ईश्वरले खोजेको ‘द्वन्द्वको विधिसम्मत प्रकट’ अर्थात्, ओली बहिर्गमन

न्यूज अपडेट

  • सत्ता साझेदारको विश्वास गुमाउँदै प्रधानमन्त्री ओली

  • के न्युयोर्कवासीले ‘समाजवादी’ मेयर चुन्नेछन् ?

  • संवैधानिक इजालसको आदेशबारे प्रधानन्यायाधीश : मैले न्यायाधीशलाई नियन्त्रण गर्न मिल्दैन

  • ‘कुलिङ अफ पिरियड’ प्रकरण छानबिनका लागि सात सदस्यीय समिति गठन हुने

  • अमेरिकाको टेक्सासमा विनशाकारी बाढी, मृत्यु हुनेको संख्या २४ पुग्यो

  • चित्कार र मौनता

  • युद्धको नमिठो बिर्सेर तालिबानसँग नजिकिँदै रुस


सम्पादकीय सल्लाहकार: संजीव सत्गैंया
कार्यकारी सम्पादक : दिपेश शाही
संचार रजिस्ट्रार दर्ता नं. ०००७५/०७८
View Team

सम्पर्क

Digital House Nepal Pvt. ltd.
Chakupat, Lalitpur
Phone: +977 15260951
[email protected]

विज्ञापनका लागि सम्पर्क

[email protected]

Phone: 9851322362

सामाजिक संजाल

प्रदेश

    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम

नेपाल भ्युज विशेष

    • प्रिय पात्र
    • बाल्यकालीन दशैं
    • बेइजिङ डायरी
    • संविधान-मन्थन
    • सप्ताहान्त
    • महामारीमा जीवन
    • लोकतन्त्र दिवस
    • स्थानीय तह निर्वाचन
    • टी-२० विश्वकप क्रिकेट विशेष

बहस शृङ्खला

    • एनपीएल क्रिकेट
    • बीआरआई बहस
    • एनआरएनए
    • संविधान-मन्थन
    • स्वास्थ्य टिप्स
    • अर्थतन्त्रको उल्झन
    • वैकल्पिक राजनीति
    • सामाजिक सञ्जालले के गर्‍यो?

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved

खोज्नुहोस