लागुऔषधसहित १० पक्राउ

नेपाल भ्युज

लागुऔषधसहित १० पक्राउ

काठमाडौं। उपत्यकामा विभिन्न स्थानबाट ठूलो परिमाणको अवैध लागुऔषधसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ। लागूऔषधको अवैध कारोबार भइरहको छ भन्ने सूचनाका आधारमा उपत्यकाको विभिन्न स्थानबाट दुई हजार ७०० एम्पुल लागूऔषधसहित १० जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोले आज एक विज्ञप्ति जारी गरी जनाएको छ।

काठमाडौँ महानगरपालिका १६ बालाजुबाट नुवाकोटका ३८ वर्षीय श्याम गुरुङ, काठमाडौँको नागर्जुनबाट मोरङका सोनाम तामाङ, काभ्रेका सनम राजभण्डारी र बाग्लङका सुवर्ण मल्ललाई पक्राउ गरिएको जनाइएको छ।

त्यस्तै पर्सा घर भएकी रङमतीदेवी पटेललाई काठमाडौँको बालाजुबाट एक हजार ६५० एम्पुल लागूऔषधसहित पक्राउ गरिएको छ। लागुऔषध कारोबारमा संलग्न सोलुखुम्बुका सबिनकुमार श्रेष्ठ, सर्लाहीका देव शेख, दोलखाका रोशन कुँवरलाई र काठमाडौँको गोकर्णेश्वरबाट सिन्धुलीका प्रकाश जिम्बालाई पनि पक्राउ गरिएको छ।

देव शेख र सोनाम तामाङ भने लागुऔषध मुद्दामा दोषी ठहर भई कैद भुक्तानी गरेर छुटेका व्यक्ति हुन्। उनीहरुको विषयमा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved