पोल्यान्डको सीमाक्षेत्र नजिक रूसको मिसाइल आक्रमण

नेपाल भ्युज

पोल्यान्डको सीमाक्षेत्र नजिक रूसको मिसाइल आक्रमण

एजेन्सी । रूसले युक्रेनको पश्चिम शहर लिइम नजिकको सैन्य अखडामा मिसाइल हवाइ हमला गरेको छ। नाटो गठबन्धनको सदस्य राष्ट्र पोल्यान्डको सीमा क्षेत्रबाट यो शहर निकै नजिक छ।

यस घटनामा ३५ जना मारिएका छन् भने १ सय ३० भन्दा धेरै घाइते भएका छन्। आइतबार बिहार लगातार रूसी मिसाइलहरूले यहाँका पूर्वाधारहरुुमा हमला गरेका थिए। बाक्लो जनसंख्या बसोबास रहेका क्षेत्रमा समेत आक्रमण भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

रूसी आक्रमणपछि युक्रेनी अधिकारीहरूले प्रभावित क्षेत्रका सर्वसाधारणहरूलाई बाहिर पठाउनका लागि विभिन्न रूटहरु खोल्ने काम गरिरहेका छन्। पूर्वतर्फ युक्रेनी दस्तालाई घेरा हाल्ने प्रयास रूसी सेनले गरिरहेको छ।

तर, उनीहरूको आक्रमणलाई युक्रेन दस्ताले बफादारिताका साथ सामना गरिरहेको बेलायती रक्षा मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved