जसपाको केन्द्रीय समिति बैठक शुरु

नेपालभ्युज

जसपाको केन्द्रीय समिति बैठक शुरु

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक शुरु भएको छ।

काठमाडौंमा आजदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए। बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने जानकारी उनले दिए। प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक विषयमा पनि छलफल हुने बताए।

‘‘आजको बैठकका मुख्य तीन एजेण्डा छन्, पहिलो पार्टीको निर्वाचन निर्देशिका, दोस्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित प्रस्ताव पेश गर्ने र तेस्रो देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रस्ताव पारित गर्नेछौँ,” उनले भने।

May be an image of 4 people, people sitting, people standing and indoor


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved