जाजरकोट खलंगाबासीलाई सञ्चो बिसञ्चो सोध्दै डा. केसी

नेपालभ्युज

जाजरकोट खलंगाबासीलाई सञ्चो बिसञ्चो सोध्दै डा. केसी

सुर्खेत। डाक्टर गोविन्द केसी कर्णाली प्रदेशका विभिन्न जिल्लामा नागरिकको घरदैलो गर्दै दैलेख जिल्लामा पुगेका छन्। डा.केसी पश्चिम नेपालको बाग्लुङ, रुकुमपश्चिम, जाजरकोट हुँदै दैलेखमा पुगेका हुन्।

जाजरकोटबाट विभिन्न ठाउँमा नागरिकहरुको स्वास्थ्य अवस्था बुझ्दै शनिबार दैलेखको सदरमुकाम नारायण नगरपालिकामा आइपुगेका छन्। दैलेमा पुगेका डा. केसीले दैलेखमा निःशुल्क स्वास्थ्य जाँच गर्ने भएका छन्।

डा.केसीले भोली आइतबारदेखि चैत्र १ गतेसम्म जिल्ला अस्पताल दैलेखमा हाडजोर्नी तथा नशा रोग सम्बन्धी चेकजाँच गर्ने तयारी थालेका हुन्। डा.केसीले दैलेख जिल्ला अस्पतालमा तीन दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए।

स्वास्थ्य सेवा सुधारका लागि पटक–पटक अनशन बस्दै डा.केसी विगत लामो समयदेखि पटक पटक विकट ठाउँमा स्वास्थ्य शिविर चलाउँदै आएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved