अमेरिकाले रूसविरूद्ध हमला गरे तेस्रो विश्वयुद्ध हुन्छ : बाइडेन

नेपालभ्युज

अमेरिकाले रूसविरूद्ध हमला गरे तेस्रो विश्वयुद्ध हुन्छ : बाइडेन

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले रुसविरुद्ध हमला गरे तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएका छन्।

युक्रेनमा रूसविरद्ध आफ्नो सेना नउतार्ने अडान दोहोर्‍याउँदै उनले रूसविरुद्ध अमेरिकी सेना उतार्दा तेस्रो विश्वयुद्ध निम्तने चेतावनी उनले दिए।

रूसले यसअघि संयुक्त सुरक्षा परिषद् बैठकमा युक्रेनमा अमेरिकाले जैविक हतियार गतिविधि सञ्चालन गरिरहेको दाबी गरेको थियो, जसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

संयुक्त राष्ट्रसंघ निसशस्त्रीकरण प्रमुख इजुमी नाकामित्सुले युक्रेनमा सञ्चालित कुनै पनि जैविक हतियार कार्यक्रमबारे आफू जानकार नरहेको दाबी गरेका छन्। रूसले युक्रेनमा हमला गरेको १६ दिन पुगिसेको छ। यहाँबाट १० लाखभन्दा धेरै जनता बिस्थापित भएर अन्य देशहरूमा शरण लिन पुगेका छन्।

यसअघि रूसले आत्मसमर्पण गर्न चेतावनी दिएको भएपनि युक्रेनी सेना र सर्वसाधारणले हार मानिसकेका छैनन् । बरू, सरकारले सर्वसाधारणलाई नै हतियार र तालिम दिएर युद्धमा पठाएको छ।

अमेरिकासहितका पश्चिमा मुलुकहरूले यस युद्धमा आफ्ना सैनिक पठाउन मानेका छैनन्। तर युक्रेनलाई हतियार र अन्य सामाग्री भने सहयोग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved