प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढाउने सभामुखको तयारी

नेपालभ्युज

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग अघि बढाउने सभामुखको तयारी

काठमाडौं। प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई अघि बढाउने तयारी गरेको छ । प्रतिनिधिसभाको  आइतबार बस्ने बैठकले छलफलको  समय र दिन तोक्ने भएको हो।

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले शुक्रबार तयार पारेको सम्भावित कार्यसूचीअनुसार, महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन आइतबारको बैठकबाट ताेकिने छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध देव गुरुङ, पुष्पा भुसाल र जीवनराम शर्मासहित ९८ सांसदले १ फागुनमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए।

यस्तै उक्त दिन सार्वजनिक लेखा समितिको २१ औँ वार्षिक प्रतिवेदन पनि संसद्मा पेश गर्ने कार्यसूची रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved