आजको मौसमः पहाडी भेगमा आंशिक बदली हुने

नेपालभ्युज

आजको मौसमः पहाडी भेगमा आंशिक बदली हुने

काठमाडौं । देशका पहाडी क्षेत्रमा आज आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको न्यून प्रभाव रहेकाले सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेने महाशाखाको अनुमान छ।

आज दिउँसो देशका पहाडीबाहेक भूभागमा मौसम सामान्यता सफा रहने जनाइएको छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली भेगमा भने हल्का हिमपात हुन सक्ने पनि महाशाखाको अनुमान छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved