नेपालविरुद्ध श्रीलंकाका पूर्वराष्ट्रिय खेलाडीहरूले खेल्ने

नेपालभ्युज

नेपालविरुद्ध श्रीलंकाका पूर्वराष्ट्रिय खेलाडीहरूले खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीसँगको मैत्रीपूर्ण खेलमा शुक्रबार श्रीलंकन राष्ट्रिय टिमका सात जनाभन्दा बढी पूर्वखेलाडीले सहभागिता जनाउने भएका छन्।

हाल श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार संयुक्त ११ टिमसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको उक्त टिमबाट पूर्वकप्तान तथा विश्वकप विजेता थिसरा परेर तथा पूर्व ओपनर उपल थरंगाले पनि खेल्दैछन्। त्यस्तै अन्य स्टार खेलाडीहरूमा तमिकाप्रसाद र सेकुगा प्रसन्न रहेका छन्।

श्रीलंकमा भ्रमणमा नेपालले यसअघि श्रीलंकन नेभीसँग दुई खेल जितिसकेको छ भने आज श्रीलंकन पुलिसको टिमसँग खेल्दै छ। यसै महिना यूएईमा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतका सिरिजका लागि अभ्यास क्रममा श्रीलंकामा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved