आज विश्व मिर्गौला दिवस, हरेक १० जनामध्ये एक यसबाट पीडित

नेपालभ्युज

आज विश्व मिर्गौला दिवस, हरेक १० जनामध्ये एक यसबाट पीडित

काठमाडौं : आज विश्व मिर्गौला दिवस। विश्व स्वास्थ्य संगठनले १० मार्चलाई विश्व मिर्गौला दिवसको रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो।

दिवसका लागि यस वर्षको नारा ‘सबैका लागि स्वस्थ्य मिर्गौला’ भन्ने तय गरिएको छ। केही वर्षयता संसारभर मिर्गौला रोग पीडितहरूको संख्या बढ्दै गएको तथ्यांक छ। विश्वमा हरेक १० जना मानिसमध्ये १ जनालाई मिर्गौलासम्बन्धी रोग भएको अनुमान गरिएको छ।

नेपालमा पनि झण्डै ३० लाख व्यक्तिहरू मिर्गौलासम्बन्धी कुनै न कुनै रोगबाट पीडित छन्। नेपालमा हरेक वर्ष करिब तीन हजार जनाको मिर्गौला फेल हुने गरेको तथ्याङ्क छ। मधुमेह रोग भएका विरामीहरूलाई त मिर्गौलाको रोग हुने संभावना अझ ३ गुणा बढी हुन्छ।

मिर्गौला रोगको उपचार हुने भए पनि त्यो महँगो भएकाले सहज मानिँदैन। नेपाल सरकारले निःशुल्क मिर्गौला प्रत्यारोपण र डायलाइसिसको सुविधा उपलब्ध गराएको भए पनि औषधिकै लागि बिरामीले लाखौं खर्च गरिरहनुपरेको छ।

त्यसैले मिर्गौलाको समस्या देखिनुअगावै खासगरी मधुमेह र उच्च रक्तचापका समस्या तथा अधिक मोटोपन भएका र परिवारमा यस्तै समस्याका अन्य सदस्य भएका एवं आँखाको डिल सुन्निने, गोलीगाँठो सुन्निने जस्ता समस्या भएकाहरूले नियमित मिर्गौला जाँच गराउन चिकित्सकहरूको सुझाव छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved