‘सिद्धबाबा’को मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी १५ चैतमा

नेपालभ्युज

‘सिद्धबाबा’को मुद्दा हेर्न नमिल्नेमा, अर्को पेशी १५ चैतमा

विराटनगर। सिद्धबाबा रामकृष्णाचार्य वैष्णव कृष्णा दास भन्ने कृष्ण बहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दा हेर्न नमिल्नेमा परेको छ।

उच्च अदालत विराटनगरमा आज (बुधबार) गोला प्रणालीबाट पेशी तोक्दा गिरीको मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र तेज नारायण सिंह राईको संयुक्त इजलासमा परेको थियो।

तर मुख्य न्यायाधीश श्रेष्ठले मुद्दा हेर्न नमिलेपछि मुद्दाको पेशी सरेको छ। न्यायाधीश श्रेष्ठले सुनसरी जिल्ला अदालतबाट मुद्दामा सुनुवाई गरेकाले मुद्दा हेर्न नमिल्नेमा परेको हो। मुद्दा हेर्न नमिल्ने भएपछि न्यायाधीश श्रेष्ठले आफुरहितको इजलासमा पेस गर्न आदेश गरेका थिए। त्यसपछि अदालतले यो मुद्दाको पेशी १५ चैतको लागि तोकेको छ।

उच्च अदालत विराटनगरमा रहेका १० जना न्यायाधीश मध्ये ५ जनाले यो मुद्दा हेर्न मिल्दैन।

एक महिलाले अनुयायीले उनले आफूलाई बलात्कार गरेको भनी १० पुस २०७६ मा प्रहरीमा जाहेरी दिएपछि ‘सिद्धबाबा’माथि मुद्दा दायर भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved