पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने विपक्षी दलको तयारी

नेपालभ्युज

पाकिस्तानी प्रधानमन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने विपक्षी दलको तयारी

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री ईमरान खानविरुद्ध विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन्।

विपक्षी दलका नेताहरूले मंगलबार प्रधानमन्त्रीविरुद्ध राष्ट्रियसभा सचिवालयमा अविश्वासको प्रस्ताव पेस गर्नुका साथै संसदको बैठक बोलाउन पनि माग गरेका छन्। विपक्षी दलको संयुक्त बैठकले अविश्वासको प्रस्ताव ल्याउने निर्णय गरेको हो।

अविश्वासको प्रस्ताव पेश हुने भएपछि प्रधानमन्त्री खानले पनि सक्रियता बढाएका छन्। बुधबार उनी सहयोगी दल एमक्युएमपीको मुख्यालय कराँची पुगेको खबर बाहिरिएको छ।

यस सम्बन्धमा विपक्षी नेता शाहबाज शरीफ, आसिफ अली जरदारी र जेयुआईएफ प्रमुख तथा पीडीएमका अध्यक्ष मौलाना फजलुर रहमानले इस्लामाबादमा संयुक्त पत्रकार सम्मेलन गरेका छन्, जसमा उनीहरूले राष्ट्रिय सभा अर्थात् संसदका १७२ भन्दा बढी सदस्यहरूले मतदान गर्नुपर्ने बताएका छन्। संसद्मा १७२ सांसदले अविश्वासको प्रस्तावलाई समर्थन गरेको दावी उनले गरे।

अविश्वासको प्रस्तावमा टिप्पणी गर्दै, राजनीतिक मामिलाहरूमा प्रधानमन्त्री इमरान खानका विशेष सहायक शाहबाज गिलले भनेका छन्, ‘हामी विपक्षीहरूको अविश्वासको प्रस्तावलाई स्वागत गर्छौं र त्यसको सामना गर्नेछौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved