खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

इथियोपियामा हालसम्म १५ लाख बढी पशुचौपाया मरेका छन्।

नेपालभ्युज

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

एजेन्सी। इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन्। साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको संयुक्त राष्ट्र संघले बताएको छ। संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन्। उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका हुन्।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताए। उनकाअनुसार इथियोपियामा हालसम्म १५ लाख बढी पशुचौपाया मरेका छन्। संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरूलाई सहयोग पुर्‍याउन नसकिएको उनको भनाइ थियो।

इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाख भन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved