च्याम्पियन्स लिग फुटबल

दोस्रो लेग हारेर पनि क्वाटरफाइनलमा लिभरपुल

गएराति घरेलु मैदानमा पराजित भए पनि लिभरपुल समग्रमा २-१ गोल अन्तरको जितसहित अन्तिम आठमा पुगेको हो।

नेपालभ्युज

दोस्रो लेग हारेर पनि क्वाटरफाइनलमा लिभरपुल

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा इंग्लिस क्लब लिभरपुल दोस्रो लेग हारेर पनि अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको छ।

लिभरपुल अन्तिम १६ अन्तर्गत गएराति भएको दोस्रो लेगको खेलमा इन्टरमिलानसँग १-० गोल अन्तरले पराजित भए पनि अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएको हो।

गएराति घरेलु मैदानमा पराजित भए पनि लिभरपुल समग्रमा २-१ गोल अन्तरको जितसहित अन्तिम आठमा पुगेको हो।

इन्टरलाई लिभरपुलको घरेलु मैदानमा जित दिलाउन खेलको ६१ औँ मिनेटमा एकमात्र गोल मार्टिनेजले गरे। उक्त खेलमा इन्टरका सान्चेजले ६३ औँ मिनेटमा रातो कार्ड पाएपछि पाहुना टोली १० खेलाडीमा सीमित भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved