“कमजोर आँखा हुनेले रूखैरूख देखोस् भनेर मतपत्रमा हरियो रङ राखेको हो भने स्विकार्य हुँदैन”

नेपालभ्युज

“कमजोर आँखा हुनेले रूखैरूख देखोस् भनेर मतपत्रमा हरियो रङ राखेको हो भने स्विकार्य हुँदैन”
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन्।

मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोर आँखा हुनेले रूखैरूख देखोस् भनेर हरियो रङको चिह्न राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुनेसमेत बताए। उनले निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो चिह्न राख्नुको कारण बताउनुपर्ने भन्दै यो कुरा सत्य भए निर्वाचन आयोगले त्रुटि सच्याउन आवश्यक रहेको बताए।

अध्यक्ष ओलीले भने, “मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ। निर्वाचन आयोगले मतपत्रका चिह्नहरूमा हरियो राख्ने भयो रे, हरियो चिह्न किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुप¥यो। हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन। म अत्यन्त व्यस्त भइरहेको छु। उहाँहरूसँग सोधौँला, बुझौँला। यदि हो भने, कुन हिसावले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? के हिसावले हरियो चिह्न राख्ने ? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रूखैरूख देखोस् भनेर हरियो चिह्न राख्ने हो ? किन हरियो राख्ने ? यदी हरियो राख्ने निर्णय गरेको होइन भने सञ्चारमाध्यमले आफ्नो त्रुटी सच्याउनुपर्‍यो। यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रुटि सच्याउनुपर्छ। हरियो सरियो हुँदैन।’

यो पनि 

अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved