अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने

नेपालभ्युज

अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने

काठमाडौं। निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिह्न हरियो रङको हुने बताएको छ।

सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सुर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाई सामग्रीहरू निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरू र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरिअर सेवा लिन सम्बन्धित फर्म संस्थाहरू सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिए।

उनले मतदाता नामावली अद्यावधिक दाबी विरोधका समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झुटो विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने निर्णय भएको पनि बताए।

उनले निर्वाचन प्रचारप्रसार र मतदाता शिक्षाको लागि अडियो भिडियो सामग्री तयारी गर्नको लागि निर्वाचन सम्बन्धी गीति सन्देश, संवादमुलक सन्देश तथा चलचित्र लघुकथा लेखन प्रतियोगिताका लागि प्रकाशित सार्वजनिक सूचना बमोजिम प्राप्त भएका रचनाहरूको मूल्यांकन भइरहेको र उक्त सामग्रीहरू मतदाता शिक्षाको लागि निर्वाचन आयोगले अडियो सामग्री तथा भिडियो सामग्रीमा उपयोग गर्ने पनि बताए।

यही ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved