श्रीलंकन नेभीविरुद्ध नेपाली क्रिकेट टिमलाई लगातार दोस्रो सफलता

नेपालभ्युज

श्रीलंकन नेभीविरुद्ध नेपाली क्रिकेट टिमलाई लगातार दोस्रो सफलता

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले श्रीलंकन नेभीविरुद्ध लगातार दोस्रो खेल पनि जितेको छ। आजको खेलमा नेपालले ८१ रनको जित हासिल गरेको हो। यसअघि हिजो नेपालले १ सय ११ रनको जीत निकालेको थियो।

लगातार दोस्रो खेलमा ब्याटिङ नचलेपछि शशक्त बलिङ गर्दैै नेपालले शान्दार जीत निकाल्यो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी ३१ औं ओभरमा १ सय १५ रनमै अलआउट भयो।

ब्याटिङ चलेन

पहिलो इनिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी एक जनाको मात्र ब्याटिङ चल्न सक्यो। अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न ४४ औं ओभरमा मात्र १९६ रनमा अलआउट भएको थियो। ओपनर आशिफ शेख र दुई फाष्ट बलर कमलसिंह ऐरी र करण केसीको ठाउँमा सुरुआती ११ मा पवन सर्राफ, भिम सार्की र विवके यादवले स्थान पाएका थिए। सोमबारको पहिलो खेलमा जस्तै यो खेलमा पनि नेपालले ब्याटिङमा सन्तोषजनक खेल देखाउन सकेन।

निकै खराब शुरुआत गरेको नेपालका दुई ओपनर दोहोरो रनसंख्या पनि नछुदै पेभोलिएन फर्किए। कुशल भुर्तेल ३ रनमा आउट भएका थिए। आशिफ शेखको अनुपस्थितिमा आपनिङमा आएका पुर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि मात्र एक रनमा समेटिए। अघिल्लो दिन उनले दुई रन जोडेका थिए।

यसपछि रोहित कुमार पौडेल पनि ८ रनमा आउट हुँदा १० ओभरमा मात्र २८ रन जोड्दा नेपालको तीन विकेट खसिसकेको थियो। १२ औं ओभरमा अर्का ब्याटर विनोद भण्डारी पनि दुई रनमा रोकिएपछि नेपालको माथिल्लो क्रमका ब्याटिङ अर्डर धरापमा पर्‍यो।

यसपछि नेपालको इनिङ जोगाउने जिम्मा नेपाली टिमका संकटमोचक दीपेन्द्र सिंह ऐरीको काँधमा थियो। मात्र ३० रनमा चार विकेट गुमाएको नेपालको लागि समालिएर ब्याटिङ गर्दै पवन सर्राफसँग मिलेर दीपेन्द्रले राम्रो साझेदारी गरे।

दीपेन्द्रले अर्धशतकिय पारी खेल्दै सर्वाधिक ६३ रनको योगदान दिए। त्यसैगरी पवनले २२ रन जोडेका थिए।

माथिल्लो तहका ब्याटर नचले पनि बरु तल्लोक्रमका ब्याटरहरूले नेपालको स्कोरलाई उकासेका थिए। जसमा विवेक भिम सार्कीले २८ र विवेक यादवले २६ सन्दीप लामिछानेले १४ रनको योगदान दिएका थिए। त्यस्तै सागर ढकालले ८ र विक्रम सोबले एक रन जोडेका थिए।

आगामी चैत २ गतेदेखि यूएईमा आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज आयोजना हुँदैछ। उक्त सिरिजको तयारीका लागि नेपाल श्रीलंका भ्रमणमा निस्केको हो।
नेपालले आयोजक यूएई र पीएनजीसँग दुई–दुई खेल खेल्दैछ।

त्यसपूर्व श्रीलंकामा नेपालले चार अभ्यास खेल खेल्ने तालिका छ। आईसीसी विश्वकप लिग–२ अर्को बर्ष भारतमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोटको बाटो हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved