सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

नेपाल भ्यूज

सुर्खेतमा करेन्ट लागेर एक जनाको मृत्यु

सुर्खेत। करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ। वीरेन्द्रनगर-९ का ३४ वर्षीय रतन कोइरालाको मृत्यु भएको हो।

कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे तीन बजेको समयमा कोइरालालाई करेन्ट लागेको थियो।

अन्सारीको घरको छतबाट भर्‍याङबाट भुईंमा झार्दै गर्दा बिजुलीको तारमा पर्न गई करेन्ट लागेको प्रहरीले जनाएको छ। उपचारका लागि देउती नसिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved