कांग्रेसको रौतहटको सभापतिमा सुनिल यादव निर्वाचित

नेपाली कांग्रेस रौतहटको सभापति पदमा सुनिल यादव ( जितेन्द्र) विजयी भएका छन्।

नेपालभ्युज

कांग्रेसको रौतहटको सभापतिमा सुनिल यादव निर्वाचित

जनकपुरधाम। नेपाली कांग्रेस रौतहटको सभापति पदमा सुनिल यादव ( जितेन्द्र) विजयी भएका छन्। मंगलबार बिहान सार्वजनिक मत परिणाममा सुनिलले अर्का उम्मेदवार हृदय नारायण यादवलाई २ सय ९८ मतले पराजित गरेका हुन्।
सुनिलले १ हजार ३६२ मत ल्याउँदा हृदयनारायण १ हजार ६४ मतमा चित्त बुझाउनु परेको थियो। संविधान सभा सदस्य समेत रहेका सुनिल संस्थापन पक्षका उम्मेदवार हुन्। नव निर्वाचित सभापति सुनिलले आफ्नो त्यसैगरी उपसभापति पदमा सुनिल यादवकै प्यानलका धिरेन्द्र कुमार सिंह र रामलोचन प्रसाद कलवार विजयी भएका छन्। यसै गरी सचिव पदमा १ हजार ३०९ मत ल्याएर राजेश कुमार चौधरी र १ हजार १४२ मत ल्याएर रामचन्द्र गिरी विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved