भक्तपुरमा भेटियो महिलाको अर्धनग्न शव

नेपालभ्युज

भक्तपुरमा भेटियो महिलाको अर्धनग्न शव

काठमाडौं। भक्तपुरको चाँगुनारायणमा एक महिलाको शव फेला परेको छ। चाँगुनारायण नगरपालिका–७ बागरेमा गएराति करिब ४० वर्षीया महिलाको शव भेटिएको भक्तपुर प्रहरीले जनाएको छ।

तरकारी खेती गरिने जग्गामा टिनको कच्ची टहराभित्र अर्धनग्न अवस्थामा रहेको उनको शवलाई परालले छोपिएको भेटिएको हो।

उनको घाँटी र शरीरका अन्य भागमा समेत काटेको भेटिएको महानगरीय प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए।

शवलाई पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved