जोन्टा क्लब अफ काठमाडौंद्वारा १४ जना महिला सम्मानित

नेपालभ्युज

जोन्टा क्लब अफ काठमाडौंद्वारा १४ जना महिला सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा जोन्टा क्लब अफ काठमाडौंले चौध जना अनुकरणीय महिलाहरुलाई सम्मान गरेको छ।
क्लबले प्रस्तुति भट्टराई, वर्षा तामाङ, क्याप्टेन प्रिया अधिकारी,सुस्वप्न रिमाल, वर्षा कटुवाल,सुक्रिती मास्के ,मन्दिरा श्रेष्ठ, मनिषा दावा, रेजिना बस्नेत, सरिता चेपाङ, ईश्वरी थापा र मनु थामीलाई सम्मान गरेको हो।

“समान अवसर भएको समृद्ध समाज निर्माणमा लागेका महिलाहरुलाई सम्मान गर्दै जोन्टा क्लब अफ काठमाडौँले नारी दिवस मनाउँदै आइरहेको छ । एउटा त्यस्तो समाज जहाँँ महिलाहरुले आफ्नो क्षमताको प्रमाण दिइरहनु पर्दैन,’’ जोन्टा क्लब अफ काठमाडौँका अध्यक्ष सीमा गोल्छाले भनिन्,‘‘ एउटा त्यस्तो समाज जहाँँ उनीहरुको कामको इज्जत हुन्छ र उनीहरुको उपलब्धिलाई सम्मान गरिन्छ। महिलाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु अपवाद हैन सामान्य चलनको रुपमा लिइनुपर्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved