माधव नेपाल भन्छन्- ओलीलाई कति सहने? संसद् भंग गरेर निर्वाचनमा जाऔँ

नेपालभ्युज

माधव नेपाल भन्छन्- ओलीलाई कति सहने? संसद् भंग गरेर निर्वाचनमा जाऔँ
फाइल तस्वीर

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन्।

आजको प्रतिनिधिसभा बैठक शुरु हुनुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले  नेकपा एमालेले संसद् अवरुद्ध पारेर हैरान बनाएकाले चुनावमा जानुपर्ने बताए।

उनले भने, ‘‘संसद्‌मा केपी ओली कति सहने?  एमालेले हाउस चल्न पनि नदिएर हैरान पार्‍यो त्यसैले अब संसद् भंग गर्ने, संसद् पनि रहन्न यो बितन्डा पनि रहन्न। अब सबै निर्वाचनमा जाऔं।”

उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved