प्रचण्ड र माधवप्रति संकेत गर्दै नेम्बाङले सोधे-साथीहरू चुनावसँग किन डराउँछन्?

नेपालभ्युज

प्रचण्ड र माधवप्रति संकेत गर्दै नेम्बाङले सोधे-साथीहरू चुनावसँग किन डराउँछन्?

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष सुवाष नेम्बाङले सत्तारुढ दलहरू भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन्।

नेम्बाङले विगतमा पनि निर्वाचनमा जानेभन्दा डराउने गरेका केही साथीहरूले तोकिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन्।

प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पार्टीको जोडबलमा घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि सत्तारुढ दलहरूले सार्ने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए।

उपाध्यक्ष नेम्बाङले प्रचण्ड, माधव नेपालहरूप्रति संकेत गर्दै केही साथीहरू निर्वाचन भनेपछि किन डराउछन् ? भनि प्रश्न गरे। “केही साथीहरू किन जनतामा जाने भन्दा डराउँछन्? प्रतिगमन भन्छन्। जनतामा जाने भनेको डराउँछन। भरसक जनतामा जाने मिति पर सार्छन्। यहाँहरूलाई थाहा छ–त्यसैले म दोहोर्‍याउन्न चाहन्न। बल्लबल्ल तपाईं–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं। तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ।

उनले थपे, “देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चेनक्सा हामीले बनायौं। यो कम ठूलो कुरा थियो ? कम्ती चुनौति थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ–यो पछिल्लो सरकारले हामीले त्यतिबेला सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा हामीले चुच्चे नक्सा छापेका थियौं। तर यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस्त? त्यहाँ नेपालको लागो छ। तर लिपुलेक, लिम्पियाधुरासहित चुच्चे नक्सा गायक छ। नेपालको नक्सा छ। तर चुच्चे नक्सा छैन। अव हाम्रो लागि र नेपाली जनताका लागि त्यो चुच्चे नक्सा कति प्रिय छ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायब पार्नुभयो।”

आफ्नो पार्टीले ठूलो चुनौती मोलेर बनाएको नेपालको चुच्चे नक्सा आफैंले सार्वजनिक गरेको सय दिनको कार्यक्रमबाट समेत गायब बनाएको भन्दै उपाध्यक्ष नेम्बाङले प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved