युक्रेनको दूतावासमा रहेको युक्रेनको झण्डा हटाइएको छ। रूस र युक्रेनका बीचमा युद्ध भइरहेका बेला रूसमा रहेको युक्रेनको दूतावासमा राखिएको झण्डा हटाइएको हो।
झण्डा हटाउन गएकाहरूले दूतावासको मुख्य प्रवेशद्वार समेत बन्द गरिदिएको समाचारमा जनाइएको छ। यसअघि उनीहरूले रूसको सेन्ट पिटर्सवर्गमा रहेको युक्रेनको कन्सुलेट जनरलमा समेत काम गर्न रोक लगाएका थिए।
रूसले गत बिहीबारदेखि युक्रेनमा आक्रमण गर्न थालेको हो। आक्रमण अहिले पनि जारी रहेको छ। आक्रमण शुरु भएको पाँचौ दिनमा दुई पक्षका प्रतिनिधिबीच वार्ता भए पनि सहमति हुन भने सकेको छैन।
दुवै पक्ष आआफ्नै अडानमा रहेकाले वार्ताले समाधान दिन नसकेको अधिकारीहरूले जानकारी दिएका छन्। विश्वका धेरै देशले युक्रेनमाथि रूसले आक्रमण गरेकोमा आलोचना गरेका छन्। केही देशहरुले मात्रै रूसलाई समर्थन गरेका छन्।
Facebook Comment
Comment