साहित्यकार बी के पाल्पालीको निधन

नेपालभ्युज

साहित्यकार बी के पाल्पालीको निधन

काठमाडौं। साहित्यकार बि के पाल्पाली (विजय पोखरेल) को निधन भएको छ । वि.स. २०३२ सालमा पाल्पामा जन्मिएका पाल्पालीको गएराति आफ्नै निवास भक्तपुरमा निधन भएको हो।

धेरैजसो हाइकु लेखनमा सक्रिय उनी साहित्यसँगै पत्रकारिता पनि गर्थे। उनी कानुन व्यवसायी समेत थिए।

दुईवटै मिर्गौलामा समस्या देखिएपछि एक दशकदेखि उनले मिर्गौलाको उपचार गराउँदै आएका थिए।

पेरोल साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत रहेका पाल्पालीका एक छोरा एक छोरी र श्रीमती छन्। उनकी श्रीमती रेणुका भट्टराई पनि साहित्यकार हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved