भोलि महाशिवरात्रि, यी क्षेत्रमा सवारी प्रवेश निषेध

नेपालभ्युज

भोलि महाशिवरात्रि, यी क्षेत्रमा सवारी प्रवेश निषेध

काठमाडौं। भोलि (१७ फागुन)मा महाशिवरात्रिको अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले ट्राफिक व्यवस्थापनको प्रवन्ध गरेको छ। महाशाखाले मंगलबार पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापनका लागि आवश्यक योजना बनाएको छ।

महाशाखाले पशुपति क्षेत्रमा भक्तजनको आवतजावतमा सहजीकरणका लागि कालो पुल,चावहिल,मित्रपार्क, सेतो पुल,गौरी घाटबाट गौशालातर्फ सवारीसाधनमा प्रवेश निषेध गरेको छ।

भक्तजनका लागि सिफल,गुह्येश्वरी पारी, भण्डारखाल, तिलगंगा करिडोरमा पार्किङको व्यवस्था गरिएको महाशाखाले जनाएको छ। भीड व्यवस्थापनका लागि आवश्यकताअनुसार थप डाइभर्सन गर्ने महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved