माओवादी र समाजवादीलाई द्वैध चरित्र नदेखाउन विश्वप्रकाश शर्माको आग्रह

नेपालभ्युज

माओवादी र समाजवादीलाई द्वैध चरित्र नदेखाउन विश्वप्रकाश शर्माको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रूपमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीलाई द्वैध चरित्र नदेखाउन आग्रह गरेका छन्।

विभिन्न राजनीतिक दलहरूको गठबन्धन तत्कालिन राजनीतिक निकाश र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकता सँगै समृद्धि विकाशको मुद्दामा पनि एक ठाउँमा आउनुपर्ने बताए।

बिहीबार साँझ न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा विमति राख्ने विषय नसुहाउने बताए। जनताको हितको विषयमा सत्ता र विपक्षी दल एकै ठाउँ आएर निकास निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved