विमानमा शंकास्पद व्यक्ति पसेपछि निगमका विमानस्थल सुरक्षा कमाण्डर निलम्बित

नेपालभ्युज

विमानमा शंकास्पद व्यक्ति पसेपछि निगमका विमानस्थल सुरक्षा कमाण्डर निलम्बित

काठमाडौं । नेपाल वायु सेवा निगमको कतार (दोहा) उडान भर्ने बेलामा विमानमा अनधिकृत व्यक्तिको पसेपछि सुरक्षा लापरबाही भएको भन्दै निगमका विमानस्थलका सुरक्षा कमाण्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ।

निगमको 9N-ALY, Airbus 330 भित्र ९ फागुन २०७८ मा अनधिकृत व्यक्ति प्रवेश भएको भन्दै सुरक्षा व्यवस्थामा लापरबाही भएको नेपाल वायु सेवा निगमका कायममुकायम निर्देशक जीवन कुमार भट्टराईद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले घटनाको तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशन दिएका थिए। घटना र सुरक्षा व्यवस्थामा प्रश्न उठेपछि मन्त्रीले आलेले यस्तो निर्देशन दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved