थप ३१२ मा कोरोना सङ्क्रमण पुष्टि

नेपालभ्युज

थप ३१२ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। थप दुई जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७६ हजार ३६१ पुगेको छ।

एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३८ हजार ९७१ रहेको छ। पछिल्लो समय थप ९११ निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या नौ लाख ५४ हजार ३४१ पुगेको छ। निको हुने दर ९६ दशमलव सात प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ।

थप दुईको मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप दुई जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। सङ्क्रमणबाट हुने मृत्यु दर १.२ प्रतिशत रहेको छ।

त्यसैगरी पछिल्लो समय एक लाख ३५ हजार ७९० ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ९० रहेको छ। अहिले होमआइसोलेसनमा नौ हजार ७९३ रहेका छन्।

त्यसैगरी संस्थागत आइसोलेसनमा ३२७, आइसियुमा १०५ र भेन्टिलेटरमा १९ जनाले उपचार गराइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved