च्याम्पियन्स लिग फुटबलमा चेल्सीको सहज जित

इङ्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ।

नेपालभ्युज

च्याम्पियन्स लिग फुटबलमा चेल्सीको सहज जित

काठमाडौं। इङ्लिस क्लब चेल्सीले च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जित निकालेको छ। मंगलबार राति भएको खेलमा चेल्सीले लिललाई २–० गोल अन्तरले हराएको हो।

चेल्सीलाई जित दिलाउन काइ हार्भट्ज र क्रिस्टियन पुलिसिचले एक एक गोल गरे । घरेलु मैदानमा खेलको आठौँ मिनेटमा हार्भट्जले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ६३ औँ मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए। यस जितसँगै चेल्सीले अन्तिम आठमा पुग्ने सम्भावना बलियो बनाएको छ । चेल्सी र लिलबीचको दोस्रो लेग मार्च १७ मा हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved