काठमाडौं। विगत लामो समयदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलको संयोजकत्वमा महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीसहित गठन भएको कार्यदलले बुझाएको ५१ बुँदे प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालय सहमत भएको छ ।
शिक्षामन्त्री देवेन्द्र पौडेलले आज महासंघकी अध्यक्ष कमला देवी तुलाधरसहितको टोलीसँग प्रतिवेदनलाई कानूनसम्मत ढंगले लागू गर्ने प्रतिवद्धताका साथ कार्यान्वयनमा लैजान सहमति जनाएका हुन् ।
उक्त कार्यदलले ९ फागुन २०७५ मा मन्त्रालय र महासंघबीच भएको सहमति अध्ययन गरी १ फागुनमा ५१ बुँदे प्रतिवेदन मन्त्रालयमा पेश गरेको थियो ।
महासंघले २० वैशाखमा सरकारसमक्ष ३४ बँुदे माग पेश गर्नुका साथै समयसमयमा ध्यानाकर्षण गराइरहेको थियो।

Facebook Comment
Comment