एमसीसीबारे मतैक्य गर्न खनाल-नेपाल वार्तामा, रोकियो सचिवालय बैठक

आज दिउँसो एक बजेका लागि बोलाइएको एकीकृत समाजवादीको सचिवालय बैठकलाई रोकेर नेपाल र खनाल वार्तामा जुटेका हुन्।

नेपालभ्युज

एमसीसीबारे मतैक्य गर्न खनाल-नेपाल वार्तामा, रोकियो सचिवालय बैठक

काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच छलफल जारी छ।

अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा अध्यक्ष नेपाल र नेता खनालबीच मतभेद देखिएपछि मतैक्यका लागि छलफल शुरु भएको हो।

आज दिउँसो एक बजेका लागि बोलाइएको एकीकृत समाजवादीको सचिवालय बैठकलाई रोकेर नेपाल र खनाल वार्तामा जुटेका हुन्।

यसअघि, शनिबार बसेको एकीकृत समाजवादीको स्थायी समिति बैठकले एमसीसीबारे निर्णय लिने अधिकार पार्टीको सचिवालयलार्य दिएको छ।

हिजो प्रतिनिधिसभामा एमसीसी पेश हुँदा नेता खनाल संसद्भित्रै नाराबाजीमा उत्रिएका थिए। तर, अध्यक्ष नेपालले भने एमसीसी टेबल गर्न सहमति दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved