२ सय ६२ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

नेपालभ्युज

२ सय ६२ जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार ५७२ पीसीआर परीक्षण गर्दा २२९ जना र तीन हजार २४३ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जना गरी २६२ जनामा संक्रमण पुष्टि भएको हो।

यस अवधिमा चार जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा एक हजार ३३८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १२ हजार २ सय ४४ रहेको छ।
नेपालमा हालसम्म ११ लाख १४ हजार १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। त्यस्तै, ११ हजार ९ सय २१ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved