युरोपमा १९४५ यताकै ठूलो युद्ध छेड्ने रुसको योजना : जोनसन

नेपालभ्युज

युरोपमा १९४५ यताकै ठूलो युद्ध छेड्ने रुसको योजना : जोनसन

एजेन्सी । रुसले युरोपमा सन् १९४५ यताकै ठूलो युद्ध छाड्ने योजना बनाइरहेको आरोप बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले लगाएका छन्। बीबीसीसँगको अन्तवार्तामा उनले अहिलेका प्रमाणहरुले यस्तै संकेत गरेको दाबी गरे।

‘‘सबै संकेतहरुले देखाउँछन् कि यो योजना केहि अर्थमा शुरू भइसकेको छ।’’ गुप्तचर निकायहरूको रिपोर्टले युक्रेनको राजधानी किभलाई घेरा हाल्नेगरी रुसले आक्रमणको तयारी गर्ने मनासाय बनाएको देखाएको उनले बताए। ‘‘यसले मानव जीवनले चुकाउनुपर्ने यसको मूल्यबारे मानिसले बझ्न जरुरी छ,’ उनले भने।

अमेरिकी सरकारको पछिल्लो अनुमानअनुसार १ लाख ६९ हजारदेखि १ लाख ९० हजारसम्म रुसी सेना अहिले युक्रेनको बोर्डरमा तैनाथ छ। रुस र छिमेकी बेलारुसको सीमामा पनि रुसी सेना छन्। पूर्वी युक्रेनमा रहेका विद्रोहीको संख्या पनि यसमा समावेश छ।

जोनसनले रुसविरुद्ध बेलायतले अझै कडा खाले नाकाबन्दी गर्ने संकेत पनि गरेका छन्। रुसी कम्पनीहरूलाई पाउन्ड र डलरमा व्यापार गर्न नदिने उनले बताएका थिए। यस्तो कदमले रुसको अर्थतन्त्रमा धेरैभन्दा धेरै नोक्सानी हुने उनले बताए।

पश्चिमा देशका अधिकारीहरूले रुसले कुनै पनि समय युक्रेनमा हमला गर्नसक्ने चेतावनी दिइरहेका छन्। तर रुसले यस्तो दाबीको खण्डन गरेको छ। आफ्नो सैनिकहरुले यस क्षेत्रमा सैन्य अभ्यास गरिरहेको उसको दाबी छ।

रुसले युक्रेनमाथि आक्रमण गरेमा सम्पूर्ण विश्वभर यसको असर पर्ने पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved