शनिबार देशभर मौसम सफा रहने

नेपालभ्युज

शनिबार देशभर मौसम सफा रहने
फाइल तश्वीर

काठमाडौं । उल्लेखनीय प्रणाली सक्रिय नभएकाले आज देशभर मौसम सफा रहने मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ।

यद्यपि देशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहने पनि जनाइएको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने देखिएको महाशाखाको भनाइ छ।

पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि औंल्याइएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved