एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि

नेपालभ्युज

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि

काठमाडौं। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक शनिबार (भोलि) काठमाडौँमा बस्ने भएको छ। बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा छलफल हुने पार्टीका प्रमुख सचेतक एवं सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

पार्टीको ४५ सदस्य रहेको स्थायी कमिटीले एमसीसी तथा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा समेत छलफल गर्ने श्रेष्ठले बताए। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी बिना संशोधन एमसीसी पास गर्न नहुने पक्षमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved