प्रतिनिधि सभाको बैठक बस्दै, राजनीतिक समीकरण फेरिने अनुमान

एमसीसीका कारण नेपालको राजनीतिक समीकरण फेरिने अनुमान गरिएको बेलामा आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।

नेपालभ्युज

प्रतिनिधि सभाको बैठक बस्दै, राजनीतिक समीकरण फेरिने अनुमान

काठमाडौं। एमसीसीका कारण नेपालको राजनीतिक समीकरण फेरिने अनुमान गरिएको बेलामा आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्ने भएको हो।

सत्ता गठबन्धनको बैठकमा एमसीसी अघि बढाउनेबारे सहमति नभएपछि सत्ता नेतृत्वकर्ता नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच छलफल अघि बढेको छ। सत्ता गठबन्धनको बैठक सकिएलगत्तै बिहीबार राति प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका थिए।

यही परिस्थितिबीच संसद बैठकमा एमसीसी टेबल हुने चर्चा भए पनि दैनिक कार्यसूचीमा राखिएको छैन। सम्भावित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस गर्ने भनेर राखिएको छ।
तर बिहीबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले आज संसद्मा  एमसीसी टेबल गर्ने बताएका थिए। अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकबाट थप्न पनि सकिन्छ। तर गठबन्धनका अन्य दल अहिल्यै एमसीसी संसदबाट अनुमोदन गर्ने पक्षमा छैनन्।

बिहीबार साँझ बालुवाटारमा भएको छलफलमा पनि उनीहरूले त्यही अडान राखेपछि कुरा मिलेन। आज बिहान पुनः गठबन्धनको बैठक बस्ने नेताहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved